हेरिटेज नेपाल न्यूज

जेन-जी प्रदर्शनका ।मृतक परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय

Date:

Share post:

काठमाडौं, ३० भदौ । सरकारले जेन-जी प्रदर्शनका क्रममा मृत्यु भएका परिवारलाई १५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
त्यस्तै सरकारले यसअघि मृतक परिवारलाई दिँदै आएको १० लाखमा थप ५ लाख थपेर १५ लाख दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताए। शवलाई सम्बन्धित स्थानमा पुर्‍याउन पनि सरकारले सहजीकरण गर्ने निर्णय भएको उनले बताए। जेन-जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...