हेरिटेज नेपाल न्यूज

ब्युटी पेजेन्टमा सहभागी युवतीमाथि अभद्र व्यवहार आरोपमा आयोजक पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

ललितपुर, १५ फागुन । मिस विभा ब्युटी पेजेन्ट-२०२६ को तयारीका क्रममा सहभागी एक युवतीलाई प्रलोभनमा पारी अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले आयोजकलाई पक्राउ गरेको छ। ललितपुर प्रहरीका अनुसार चितवन भरतपुर महानगरपालिका वडा नं. २२ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका वडा नं. ६ बस्दै आएका वर्ष ४१ का उद्धव अधिकारीलाई बुधबार पक्राउ गरिएको हो।

अधिकारीले कार्यक्रममा सहभागी हुन आवेदन दिएकी २२ वर्षीया युवतीलाई कार्यक्रममा कसरी प्रस्तुत हुने, टाइटल कसरी जित्ने तथा प्रस्तुतीकरण सम्बन्धी तालिम दिने भन्दै विभिन्न प्रलोभन देखाइएको थियो। साथै प्रतियोगितामा जिताइदिने आश्वासनसमेत दिइएको थियो। फागुन ८ गते दिउँसो करिब ४ बजे काठमाडौं बानेश्वरस्थित अफिसमा बोलाई अभद्र प्रस्ताव राखिएको पीडितको उजुरीमा उल्लेख छ।
त्यसपछि बानेश्वरबाट ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं. ६ सानागाउँतर्फ जाँदै गर्दा कुराकानीकै क्रममा मनमुटाव भई सार्वजनिक स्थलमा हातपात तथा अभद्र व्यवहार गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन्। आरोपीमाथि म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...