हेरिटेज नेपाल न्यूज

जेन-जी घाइतेको विवरण फागुन १५ भित्र उपलब्ध गराउन निर्देशन

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १० फागुन । सरकारले जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल)लाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जेन-जी आन्दोलनका क्रममा छुट भएका घाइतेको विवरण उपचारमा संलग्न सबै स्वास्थ्य संस्थालाई तत्काल स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिइएको जानकारी दिएको छ । उनका अनुसार जेन-जी आन्दोलनका घाइतेहरूको उपचार र रातहलाई प्रभावकारी बनाउन गठित समन्वय समितिले यही फागुन १५ भित्र घाइतेको विवरण उपलब्ध गराउने निर्णयनुसार मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले घाइतेहरूको सूचीकरण र वर्गीकरण पुनःवर्गीकरणसम्बन्धी कार्य समयमा सक्नका लागि यही फागुन १ देखि १५ भित्र विवरण उपलब्ध गराउन भनिएको बताए। उनले फागुन १५ भित्र आएका निवेदन उपर छानबिन गरी घाइतेको अन्तिम नामावली सार्वजनिक गरिने जानकारी दिए। मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीका अनुसार हालसम्म २०० जना घाइतेको मात्र वर्गीकरण विवरण उपलब्ध भएको छ । उनले जेन-जी प्रदर्शनका क्रममा धेरै घाइते भए पनि सामान्य घाइते भएकालाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएको हुनसक्ने बताए।

सरकारले जेन-जी प्रदर्शनका क्रममा अति गम्भीर वर्गीकरणमा परेकालाई र ती घाइतेलाई स्याहार गर्नेलाई मासिक नौ हजार, गम्भीर घाइतेलाई मासिक ९ हजार र मध्यम घाइतेलाई मासिक ४ हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता डा.बुढाथोकीले जानकारी दिए। उनका अनुसार जेन-जी प्रदर्शनका क्रममा २ हजार ५९९ जना घाइते भएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...

दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं, १७ फागुन । नागरिक बचाउ अभियान संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। निर्वाचन बिथोल्न खाजेको आरोपमा...