हेरिटेज नेपाल न्यूज

तैरिने फोहोर संकलन गर्न ‘ट्रास ब्यारियर’ जडान

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ९ फागुन । बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ‘ट्रास ब्यारियर’ जडान गरेको छ। गत साउन २ गते सम्झौता गरेर ६ ठाउँमा यस्ता ब्यारियर राखिएको समितिले जनाएको छ।
गोकर्ण ब्यारेजभन्दा माथि, गुहेश्वरी नजिक, पशुपतिभन्दा तल तिलगंगामा, मनोहरा र बागमतीको दोभानमा, युएन पार्कमा र कर्मनाशा मिसिने ठाउँ बालकुमारीमा जडान गरिएको छ। ट्रास ब्यारियरले नदीमा तैरिने फोहोरहरू जस्तै प्लास्टिक, प्लास्टिकका बोत्तल, काठका टुक्राहरू, फोम लगायतका तैरिँदै बगेर आउने वस्तुलाई रोक्छ र एकै ठाउँबाट संकलन गर्न सजिलो हुन्छ। परीक्षणको रूपमा यसलाई सुरू गरिएको हो।
प्रारम्भिक रूपमा प्रभावकारी देखिएको समितिले जनाएको छ ।

पानीको सतह घटबढ हुँदा बेरियर आफै तलमाथि हुन्छ। आगामी वर्षा सिजनमा यसले कसरी काम गर्छ त्यो हेरेर थप ठाउँ र नदीहरूमा राख्नेबारे तय गरिने जनाएको छ । उक्त ‘ट्रास ब्यारियर’ जडानका लागि ६५ लाख खर्च भएको समितिको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...

दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं, १७ फागुन । नागरिक बचाउ अभियान संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। निर्वाचन बिथोल्न खाजेको आरोपमा...