हेरिटेज नेपाल न्यूज

२५० नेपालीलाई अवैध बाटो अमेरिका दुई विरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) कसुरमा अभियोगपत्र दायर,९८ करोड ५ लाख भन्दाबढी बिगो मागदाबी

Date:

Share post:

Changunarayan Nagarpalika

२५० जना नेपालीलाई अवैध बाटोहुँदै अमेरिका पुर्‍याएको, केही व्यक्तिलाई अमेरिका लैजाने भन्दै विभिन्न मुलुकमा अलपत्र पारिएको, साथै मानव बेचबिखन, ठगी तथा वैदेशिक रोजगार ठगीसम्बन्धी कसुर गरेको खुलेको छ।

काठमाडौं, ५ फागुन । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) कसुरमा दुई जनाविरूद्ध अभियोगपत्र दायर भएको छ। रूकुम पश्चिम साविक बाफिकोट गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्ने कलबहादुर बस्नेत र जिल्ला रूकुम पूर्व सिस्ने गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्ने अमित बस्नेतविरूद्ध मुद्दा दायर गरिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत फागुन ४ गते काठमाडौं जिल्ला अदालतमा आरोपपत्र दायर गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका सूचना अधिकारी एसपी राजन लिम्बूले जानकारी दिएका छन्। कलबहादुर बस्नेत मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि कारागार कार्यालय डिल्लिबजारमा थुनामा छन् भने अमित बस्नेत उक्त मुद्दामा फरार रहेको उनले जानकारी दिए ।
अनुसन्धानका क्रममा प्रतिवादीहरूले करिब २५० जना नेपाली नागरिकलाई गैरकानुनी बाटो प्रयोग गरी विभिन्न देश हुँदै अमेरिका प्रवेश गराएको, केही व्यक्तिलाई अमेरिका लैजाने भन्दै विभिन्न मुलुकमा अलपत्र पारिएको, साथै मानव बेचबिखन, ठगी तथा वैदेशिक रोजगार ठगीसम्बन्धी कसुर गरेको खुलेको छ। उक्त अवैध कार्यबाट आर्जित रकम नगद तथा विभिन्न बैंक खातामार्फत शुद्धीकरण गरिएको पाइएको ब्युरोले जनाएको छ।
कलबहादुर बस्नेतको नाममा ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ ३३ पैसा र अमित बस्नेतको नाममा २७ करोड ४५ लाख २९ हजार ०२८ रुपैयाँ ९४ पैसा गरी जम्मा ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ २७ पैसा बराबरको बिगो कायम गरिएको छ।
सोही बिगो बराबरको दोब्बर जरिवाना तथा कसुरको मात्रा अनुसार दुईदेखि १५ वर्षसम्म कैद सजायको मागदाबी लिइएको छ। साथै प्रतिवादीहरूको नाममा रहेका घरजग्गा, बैंक मौज्दात तथा बीमा रकम जफत गर्नसमेत माग गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...