काठमाडौं, २५ माघ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला ४ हजार २ सय रूपैयाँ घटेको सुनको भाउ आइतबार तोलामा ९ हजार ५ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख ५ सय रूपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा ४ हजार ७ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ हजार १० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार नौ सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




