हेरिटेज नेपाल न्यूज

आयल निगमको वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २४ पुस । नेपाल आयल निगम लिमिटेडको ५६ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । निगमको केन्द्रीय कार्यालय बबरमहलमा बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १६७ जनाले रक्तदान गरे ।
नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा  सञ्चालन गरिएको कार्यक्रममा निगमका कर्मचारी, कर्मचारी परिवार, बबरमहल क्षेत्रका अन्य कार्यालयका कर्मचारी तथा निगम सम्बध्द अन्य व्यक्तिहरूले रक्तदान गरेका थिए । नगमका प्रबक्ता मनोज ठाकुरका अनुसार, विगत देखि नै निगमले प्रत्येक वार्षिकोत्सवको पूर्वसन्ध्यमा रक्तदान कार्यक्रम आयोजना गर्दै आई रहेको छ ।
निगमले आफ्नो व्यावसायिक जिम्मेवारीका साथसाथै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवीय कार्यहरूलाई निरन्तरता दिदै आएको ठाकुरको भनाइ छ।

रक्तदान ​कार्यक्रमको शुभारम्भ गर्दै निगम सञ्चालक समितिका अध्यक्ष डा.रामप्रसाद घिमिरेले रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले यस्ता कार्यक्रमहरु निरन्तर भइरहनुपर्नेमा जोड दिए । निगमले यस प्रकारको रक्तदान कार्यक्रम नियमित गर्दै जान घिमिरेले निगमलाई सुझाव दिए ।

निगमका  कार्यकारी निर्देशक डा. चण्डीका प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न ​रक्तदान कार्यक्रमका संयोजक नायव कार्यकारी निर्देशक नागेन्द्र साहले समय समयमा देखिने गरेको रगतको अभावलाई कम गर्न  सबै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...