हेरिटेज नेपाल न्यूज

वेबसाइट ह्याक र डेटा चोरी आरोपमा दुई पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २१ पुस । नेपाल प्रहरीको  साइबर ब्युरोले विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूको सूचना प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा मेचीनगरका २० वर्षीय सन्तोष चिमरिया र दमकका १९ वर्षीय विकास पौडेल छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा र सिन्धुपाल्चोकको सहयोगमा पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । ब्युरोमा नेपाल मेडिकल काउन्सिल, निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट उजुरी परेको थियो ।
साइबर ब्युरोका अनुसार पछिल्ला केही महिनादेखि वेबसाइट ह्याकिङ तथा डेटा चोरीका घटनामा संलग्न भई सीएमडी नेपाल र नेपाली फर नेपाल नाम प्रयोग गरी सामाजिक सञ्जालमार्फत दाबी र प्रचार गरिएको थियो। प्रारम्भिक प्राविधिक विश्लेषण र अनुसन्धानका क्रममा उनीहरूको संलग्नता खुलेपछि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अगाडि बढाइएको हो।
अनुसन्धानका क्रममा उनीहरूको कब्जाबाट ल्यापटप, मोबाइल फोन, हार्ड ड्राइभलगायत विद्युतीय उपकरणहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...

पूर्वमन्त्री, कांग्रेस नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।...