हेरिटेज नेपाल न्यूज

वेबसाइट ह्याक र डेटा चोरी आरोपमा दुई पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २१ पुस । नेपाल प्रहरीको  साइबर ब्युरोले विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूको सूचना प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा मेचीनगरका २० वर्षीय सन्तोष चिमरिया र दमकका १९ वर्षीय विकास पौडेल छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा र सिन्धुपाल्चोकको सहयोगमा पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । ब्युरोमा नेपाल मेडिकल काउन्सिल, निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट उजुरी परेको थियो ।
साइबर ब्युरोका अनुसार पछिल्ला केही महिनादेखि वेबसाइट ह्याकिङ तथा डेटा चोरीका घटनामा संलग्न भई सीएमडी नेपाल र नेपाली फर नेपाल नाम प्रयोग गरी सामाजिक सञ्जालमार्फत दाबी र प्रचार गरिएको थियो। प्रारम्भिक प्राविधिक विश्लेषण र अनुसन्धानका क्रममा उनीहरूको संलग्नता खुलेपछि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अगाडि बढाइएको हो।
अनुसन्धानका क्रममा उनीहरूको कब्जाबाट ल्यापटप, मोबाइल फोन, हार्ड ड्राइभलगायत विद्युतीय उपकरणहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...