हेरिटेज नेपाल न्यूज

फेरि पक्राउ परे अर्जुनबहादुर शाही

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १७ पुस । ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अर्जुनबहादुर शाही फेरि पक्राउ परेका छन्। जेनजी आन्दोलनपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्तदेखि उच्चपदस्थ व्यक्तिहरूलाई धम्की दिएपछि चर्चामा आएका शाही फेरि पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार २६ वर्षीय शाहीलाई प्रहरीले ठगी तथा आपराधिक विश्वासघात र बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको हो।
यसअघि उनलाई प्रहरीले असोज २९ गते पक्राउ गरेको थियो। बैंकिङ कसुरको मुद्दामा उनले तिर्नुपर्ने रकम पीडित पक्षलाई बुझाएपछि उनी हिरासत मुक्त भएका थिए।
जेनजी युवाहरूको एक समूहले केही समयअघि अख्तियारको टंगाल कार्यालय गएर प्रमुख अयुक्त प्रेम राई र नागरिक उड्डयन प्राधिकरण गएर त्यहाँका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागेको थियो। तिनैमध्येका शाही वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा मुछिएर पटकपटक पक्राउ परेका थिए। अछामको पञ्चदेव विनायक नगरपालिका–४ घर भई हाल काठमाडौं बस्ने २६ वर्षीय शाहीले आफूलाई ‘जेनजी रिभोलुसन नेपाल’ का उपाध्यक्षका रूपमा चिनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...