हेरिटेज नेपाल न्यूज

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच प्रर्दशन

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, १७ माघ । नेवाः ऐतिहासिक सांस्कृतिक भजन खलः को आयोजनामा मध्यपुर थिमि नगदेशमा शुक्रबार ऐतिहासिक पुलुकिसी नाच प्रदर्शन गरिएको छ । नगदेशमा परापूर्वकालदेखि नै पुलुकिसी नाच जात्राको रूपमा प्रदर्शन हुँदै आएको छ । पुलुकिसी नाचको विकास, संरक्षण र प्रवर्द्वन गर्ने उद्देश्यले आयोजक तथा संयोजक खलःले जनाएको छ । पुलुकिसी नाच नगदेशमा प्रदर्शन हुने विभिन्न ऐतिहासिक नाचहरुमध्येको एक प्रमुख नाच हो ।

पुलुकिसी नाच पौराणिक तथा ऐतिहासिक श्री स्वस्थानी व्रत कथामा आधारित छ । नाचको सम्पूर्ण विधि श्री स्वस्थानी व्रतकथामा आधारित छ । नाचको मुख्य कलाकारमा नवराज राजकुमारको पात्रको रुपमा (जेनिस बाडे) रहेका छन् ।
त्यसैगरी, नाचको नागचाः मा श्रीजल बाडे, सहेलीद्धयमा चार्भी बाडे र दीप्सा उप रहेका छन् । यस नाचको प्रमुख नायखीं बाजा रहेको छ । नगदेशको लाछीस्थित श्री सिद्धि गणेश मन्दिर प्रांगणमा भगवान् माधव नारायण ल्याएर विराजमान गराएपश्चात नवराजद्वारा पूजा सुरु गरिएको थियो । त्यसपछि पुलुकिसीलाई गरिन्छ नगर परिक्रमा गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...

दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं, १७ फागुन । नागरिक बचाउ अभियान संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। निर्वाचन बिथोल्न खाजेको आरोपमा...