काठमाडौं, ११ माघ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ। आइतबार २ हजार ४०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार २ हजार ४०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य ३ लाख ३ हजार ८०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। चाँदी २९० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य६ हजार ४८० रूपैयाँ कायम भएको छ। शुक्रबार प्रतितोला चाँदी ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको जानकारहरू बताउँछन्।




