हेरिटेज नेपाल न्यूज

भक्तपुर-२ मा कांग्रेसबाट कबिर राणा, १ मा किरण न्याैपाने

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, ६ माघ । नेकपा एमालेका सचिव महेश बस्नेतसँग भिड्न नेपाली कांग्रेसले भक्तपुर-२ मा पत्रकार कबिर राणालाई उम्मेदवार बनाएको छ । कांग्रेस संसदीय बोर्ड बैठकले मंगलबार बिहान राणालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राणा देशान्तर साप्ताहिकका प्रधानसम्पादक हुन् । उनी नेपाली कांग्रेस भक्तपुरका जिल्ला कार्यसमिति सदस्यसमेत रहेका छन् ।
यसअघि २०७९ को निर्वाचनमा यही क्षेत्रबाट कांग्रेसका उम्मेदवार दुर्लभ थापाले एमालेका महेश बस्नेतलाई पराजित गरेका थिए । तर यसपटक कांग्रेसले थापालाई टिकट नदिई राणालाई उम्मेदवार बनाएको हो । थापा कांग्रेस भक्तपुरका जिल्ला सभापति हुन् ।
भक्तपुर-२ मा यसपटक एमालेबाट महेश बस्नेत र राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीव खत्री उम्मेदवार रहेका छन् ।
नेमकिपाको गढमा कांग्रेसका न्यौपाने
स्थापनाकालदेखि नै नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले जित्दै आएको भक्तपुर-१ मा कांग्रेसले भक्तपुर-१ मा किरण न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...