हेरिटेज नेपाल न्यूज

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालयमा बुधबार आयोजित प्रेस सम्मेलनमार्फत संस्थाको उद्देश्य, दृष्टिकोण र कार्यक्षेत्रबारे जानकारी दिइएको हो ।
प्रेस सम्मेलनमा संस्थाकी संस्थापक अध्यक्ष संगीता कर्णले प्रेस विज्ञप्ती मार्फत नेपालमा खेलकुदको अपार सम्भावना हुँदाहुँदै पनि जरा तहमा प्रशिक्षणको अभाव, संरचित कार्यक्रम नहुनु, खेल शिक्षाप्रति न्यून चेतना र दीर्घकालीन दिगोपनको कमीजस्ता समस्या विद्यमान रहेको उल्लेख गरेकी छन् । ती चुनौतीलाई सम्बोधन गर्ने लक्ष्यसहित ‘पेसएक्स स्पोटर्स’ संचालनमा ल्याएको उनले बताइन् ।
संस्थाका अनुसार ‘पेसएक्स स्पोटर्स’ केवल प्रशिक्षण केन्द्रमा सीमित नरही खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र र खेलकुदसँग सम्बन्धित निकायहरूलाई जोड्ने साझा मञ्चका रूपमा अघि बढ्नेछ । खेलकुदलाई शिक्षा, जीवनशैली र राष्ट्रिय विकासको अभिन्न अङ्गका रूपमा स्थापित गर्नु संस्थाको दीर्घकालीन लक्ष्य रहेको जनाइएको छ ।
प्रेस सम्मेलनमा संस्थाका सिईओ सौरव सिंह र निर्देशक डा. रिसव दास अतिथिका रूपमा उपस्थित थिए । सिईओ सिंहले पत्रकारको प्रश्नको जवाफ दिँदै संस्थाले विद्यालय तथा समुदाय स्तरमै खेल प्रतिभा पहिचान, खेलाडीको शारीरिक, मानसिक र नैतिक विकास, विद्यालय–कलेज खेलकुद कार्यक्रम, कार्यस्थल आधारित खेलकुद तथा स्वास्थ्य कार्यक्रम र प्रतियोगिता तथा सामुदायिक संलग्नतालाई प्राथमिकता दिने बताए ।
‘पेसएक्स स्पोटर्स’ले प्रशिक्षक, पूर्व खेलाडी, विद्यालय, खेल संघ–संस्था, स्थानीय तह, निजी क्षेत्र तथा सञ्चारमाध्यमसँग सहकार्य गर्दै दीर्घकालीन प्रभाव पार्ने खेलकुद इकोसिस्टम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाले युवा पुस्तामा लगानी गर्दै सक्षम खेलाडी उत्पादनका साथै स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्‍याउने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...

दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं, १७ फागुन । नागरिक बचाउ अभियान संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। निर्वाचन बिथोल्न खाजेको आरोपमा...