काठमाडौं, ३ पुस । लागूऔषध खैरो हेरोईन २६३ सहित एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार मोरङ विराटनगर महानगरपालिका-१६ का ३९ वर्षीय रन्जोक उप्रेतीलाई पक्राउ गरेको हो ।
उप्रेतीलाई जिल्ला काठमाडौं, काठमाडौं महानगर-२६ ठमेलबाट लागुऔषध खैरो हेरोईन सहित पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी जनक बहादुर शाहीले जानकारी दिए । उनी विरुद्ध लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भईरहेको ब्यूरोले जानकारी दिएको छ ।



