काठमाडौं, २२ मंसिर । प्रहरीले <span;>५७ लाख ४७ हजार ३ सय ५० रुपैयाँ रकम सहित हुन्डी कारोबारको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-९ घरभई काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ३४ वर्षीय सरोज श्रेष्ठ छन् ।
आइतबार राती कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुन्डी मार्फत रकम कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीको प्रहरीले उक्त रकम सहित श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । उनी विरुद्ध हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान थालेको जनाएको छ।




