काठमाडौं, २२ मंसिर । काठमाडौंको सिनामंगलमा एक जना प्रहरी सहायक निरीक्षक (असई)ले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्। आइतबार अपराह्न काठमाडौंको सिनामंगलस्थित डेरा कोठामा झगडा हुँदा चार महिनाको छोराको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
डोटी घर भएका २९ वर्षको असई पुष्कर कार्कीले आफ्ना चार महिनाका छोरा माहिर कार्कीको हत्या गरेको आरोप छ।
कार्कीले आफ्नी श्रीमती विष्णा साउदमाथि पनि कुटपिट गरेको प्रहरीले जनाएको छ।
श्रीमान-श्रीमती दुबै जना प्रहरी हुन्। विष्णा प्रहरी जवान हुन्। उनीहरू दुवैजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत थिए। अपराह्नमा उक्त घटना भएपछि श्रीमान पुष्कर फरार भएका थिए। उनलाई प्रहरीले साँझ ६ बजेतिर नागढुंगा चेकपोष्टबाट नियन्त्रणमा लिएको हो। घाइते विष्णाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।




