हेरिटेज नेपाल न्यूज

सिन्धुली अस्पतालमा इएमआर प्रणाली सुरू

Date:

Share post:

Changunarayan Nagarpalika

सिन्धुली, १२ पुस । सिन्धुली अस्पतालमा इएमआर (इलेक्ट्रोनिक मेडिकल रेकर्ड) प्रणाली सुरु भएको छ । जसअन्तर्गत बिरामीको ओपिडी दर्ता, सम्पूर्ण उपचार विवरण, ल्याब टेस्ट, बिलिङ र औषधि प्रिस्क्रिप्सनजस्ता सेवाहरू डिजिटल रूपमा सञ्चालन भएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बताए ।<span;> <span;>’अब बिरामीको फाइल हरायो, रेकर्ड हरायो, कुन डाक्टरलाई देखाएको हो भन्ने अवस्था रहँदैन, तपाईंहरूको रेकर्ड अस्पतालमा रहन्छ,’ स्वास्थ्यमन्त्री थापाले भने, ‘त्यो रेकर्डको आधारमा तपाईंहरूलाई लागेको रोगको उपचारको सहजीकरण हुन्छ । त्यसतर्फ बागमती स्वास्थ्य मन्त्रालय लागेको छ ।’

इएमआर प्रणालीले अस्पताललाई सफा, सुरक्षित र पारदर्शी बनाउन सहयोग पुग्ने उनले जानकारी दिए । अस्पताललाई सेवामैत्री, पारदर्शी र व्यवस्थित बनाउन, सिन्धुली अस्पतालको सेवा प्रवाहलाई आधुनिक र प्रभावकारी बनाउन इएमआर प्रणालीले सहयोगी भूमिका खेल्ने स्वास्थ्यमन्त्री थापाको अपेक्षा छ ।
बिहीबार नवनिर्मित भवन उद्घाटनसँगै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ र प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले संयुक्तरूपमा इएमआर प्रणालीको थालनी गरेका हुन् ।
यससँगै, बागमती स्वास्थ्य मन्त्रालयले डिजिटल हेल्थको व्यवस्थापन गरेको स्वास्थ्यमन्त्री थापाले बताएका छन्। प्रदेश अन्तर्गतका १३ वटा प्रादेशिक अस्पतालहरुमा दैनिक ओपिडीमा कति बिरामी आउँछन् भनेर मोबाइलको एप्स मार्फत नै थाहा पाउन सक्छौं र ती अस्पतालहरुमा दैनिक ३ हजार ५ सय देखि ७ हजार बिरामीको ओपिडीमा चाप बढेको छ । ‘बिमा र प्रादेशिक अस्पतालहरूको सेवाप्रतिको पारदर्शिताको कारणले गर्दा अस्पतालमा बिरामीको भिड बढेका छन्, त्यसकारण पनि अब पैसा नभएर उपचार नपाउने बाध्यता रहँदैन,’ उनले भने, ‘बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले अस्पतालको स्तरउन्नतीदेखि लिएर गुणस्तरीय सेवा दिनको लागि मिहेनत गरिरहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...