हेरिटेज नेपाल न्यूज

१ देखि ५ वर्षका बालबालिकालाई ‘स्वर्ण बिन्दु प्राशन’

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २६ कार्तिक । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरमा १ देखि ५ वर्षसम्मका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदि औषधि) खुवाउने अभियान सुरु भएको छ । मंगलबार चिकित्सालयको कार्यालयमा आयोजित अभियानको उद्घाटन कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले कार्यक्रम स्थलमै मह, ब्राह्मी (घ्यू) र सुनको भष्मबाट बनेको थोपास्वरुप ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदि औषधि) खुवाएर अभियानको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकार आफैले सरकारले विरामीलाई निःशुल्क प्रदान गर्ने २२ प्रकारका औषधि उत्पादन गर्न थालेको बताउदै यसलाई बढाउँदै ३२ प्रकारको आर्युवेदिक औषधि उत्पादनको तयारी गरिरहेको बताए।आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आमनागरिकको विश्वास बढेपछि बिरामीको चाप पनि बढेको भन्दै मन्त्री थापाले बागमती प्रदेशमा कोही नागरिककले स्वास्थ्य उपचार नपाएर ज्यान जानु पर्ने अवस्थाको अन्त्य गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताएका छन् ।
प्रदेशका दुर्गम जिल्ला एवं स्थानीय तहहरूमा समेत प्रदेश स्वास्थ्य मन्त्रालय आफै पुगेर आवश्यक जनशक्ति, विभिन्न उपकरण, औषधिहरु वितरण गरिरहेको, शिविरहरु सञ्चालन गरी निःशुल्क उपचारको व्यवस्था गरिएको र यसलाई १३ जिल्लामा अझै बिस्तार गर्ने अभियान आगामी महिनाबाटै सुरु गर्ने उनको भनाइ छ । बालबालिकाको बौद्धिक क्षमता विकास गर्न, मानसिक क्षमता विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले चालू आर्थिक वर्षमा देशभरका २५ आयुर्वेद केन्द्रबाट ‘स्वर्ण विन्दु प्राशन’ खुवाउने जानकारी दिएको छ । जिल्लामा मंगलबारबाटै सुरू भएको र ९२ जना बालबालिकालाइ ‘स्वर्ण विन्दु प्राशन’को थोपा खुवाइएको छ । त्यसैगरी,  हरेक महिनाको एक पटक उक्त औषधि खुवाइने भएको छ । उक्त औषधिले अटिजम देखिएका बालबालिका, मौसमी रुघा लाग्ने लगायत विभिन्न रोग लाग्नबाट नियन्त्रण हुने जनाएको छ । ‘स्वर्ण विन्दु प्राशन’  १ देखि २ वर्षका बालबालिकालाई दुई थोपा र ३ देखि पाँच वर्षमुनिका बालबालिकालाई चार थोपा खुवाउनुपर्ने हुन्छ विभागले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...