हेरिटेज नेपाल न्यूज

आयल निगम हवाई इन्धन डिपो सिनामंगलको आयोजनामा ‘रन फर हेल्थ’

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २२ कार्तिक । नेपाल आयल निगम लिमिटेड हवाई इन्धन डिपो सिनामंगलले ‘रन फर हेल्थ’ को नारा सहित पुरुष तर्फ १० किलोमीटर र महिलातर्फ ५ किलोमीटर दौड प्रतियोगिताको आयोजना गरेको छ। आयल निगमको सिनामंगलस्थित डिपोको आयोजनामा शनिबार बिहान दशरथ रंगशालामा मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत दौडको आयोजना गरिएको हो।

कार्यक्रममा आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले खेल राष्ट्रिय पहिचानको माध्यम भएको बताए। उनले देशको आर्थिक समृद्धिमा खेलले ठूलो अर्थ राख्ने भन्दै खेलले व्यक्तिको इमोसनल र फिजिकल डेभलपमेन्टलाई पनि माथि पुर्याउने बताएका छन्। भट्टले आयल निगमले पेट्रोलियम पदार्थको आयात, विक्री वितरण र भण्डारण मात्र नभएर शिक्षा, स्वास्थ्यसहितका सामाजिक क्षेत्रमासमेत काम गर्दै आएको बताए। यसैगरी, सिनामंगलस्थित डिपोका प्रमुख ईन्जिनियर प्रदीप यादव, बागमती पेट्रोलियम एसोसिएसनका अध्यक्ष अच्युत खड्का, पेट्रोलियम ढुवानी महासंघका अध्यक्ष मनोज दास, पत्रकार पेशल आचार्य, अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर लगायतले खेल र स्वास्थ्य बारे धारणा राखेका थिए।

दौडमा पुरुष १० किलोमीटरतर्फ प्रदीप भण्डारीले ५३ मिनेट १० सेकेन्डमा तोकिएको दुरी पार गर्दै प्रथम भए। यसैगरी दोस्रो हुनेमा दिगम्बर पन्तले ५४ मिनेट ४६ सेकेन्डमा पार गरे भने मनोजकुमार दास तेस्रो भएका थिए। उनले ५६ मिनेटमा तोकिएको दुरी पार गरे। यसैगरी, महिलातर्फ सुमना सापकोटा प्रथम हुँदा उनले ३२ मिनेट ९ सेकेन्डमा ५ किलोमीटर दुरी पार गरिन। यस्तै दोस्रो सर्मिला कटुवालले ३३ मिनेट ३९ सेकेन्ड र राजकुमारी राईले ३५ मिनेट ४९ सेकेन्डमा तेस्रो स्थान प्राप्त गरिन।
प्रतियोगितामा आयल निगमका कर्मचारी र पत्रकार गरी १२० जनाको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...

पूर्वमन्त्री, कांग्रेस नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।...