हेरिटेज नेपाल न्यूज

काठमाडौंमा र्याली, सभा र प्रदर्शनमा रोक

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २४ असोज । काठमाडौँमा विभिन्न समूहले शनिबार आयोजना गर्ने भनिएको मोटरसाइकल र्‍याली, सभा र प्रदर्शनमा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ— ‘फरक–फरक समूहहरूले मिति २०८२ असोज २५ गते शनिबारका दिन काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली तथा सभा गर्ने सूचना प्राप्त भएको छ । यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन, जुलुस वा सभा गर्न कोही कसैलाई स्वीकृति प्रदान नगरिने निर्णय गरिएको छ ।’

गत भदौ २३ गतेको जेन–जेड आन्दोलनपछि तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेका घटनालाई स्मरण गर्दै प्रशासनले शान्ति–सुरक्षा कायम राख्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न यस्तो निर्णय गरेको जनाएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) र प्रहरी ऐन २०१२ को दफा १९ बमोजिम पूर्वस्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रम नगर्न नगराउन सबैलाई आग्रह गरिएको छ ।

सूचनामा भनिएको छ,विभिन्न समूहहरुबाट हुने भनिएका -याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि -याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ । अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्बद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ ।’ युवा संघले शनिबार कोटेश्वर-तीनकुनेमा १ बजे मोटरसाइकल र्‍याली आयोजना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...