हेरिटेज नेपाल न्यूज

विश्व पर्यटन दिवसमा भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर,११ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रको प्रवेशद्धारमा स्वागत गरेका छन्। शनिबार बिहान भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ पर्यटकहरुलाई स्वागत गरिएको हो ।

भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुर प्रवेश गरेका भारत ६, अस्ट्रिया १ र अमेरिकाका २ गरी ९ जना पर्यटकहरूलाई भक्तपुर नगरमा स्वागत गरिएको हो ।

पर्यटकहरूलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले सम्पूर्ण पर्यटकहरूलाई भक्तपुरमा स्वागत गर्दै भक्तपुर जीवित सङ्ग्रहालयको रूपमा परिचित नगर भएको बताए। नगरभित्रका सांस्कृतिक सम्पदाहरूको संरक्षणका निम्ति भक्तपुर नगरपालिकाले जनताको साथ र सहयोग लाई विशेष प्राथमिकता दिएको बताए।

२०७२ सालको भूकम्पमा क्षतिग्रस्त धेरै सम्पदाहरूको पुनर्निर्माण भक्तपुर नगरपालिकाले सम्पन्न गरिसकेको बताउँदै उनले भक्तपुर नगरपालिकाले आत्मनिर्भरतालाई जोड दिँदै आएको बताएका छन्। भक्तपुर पर्यटकहरूको उत्कृष्ट गन्तव्य स्थलको रुपमा विकास भइरहेको बताउँदै उनले विदेशी पर्यटक सँगसँगै आन्तरिक पर्यटक प्रवर्धनको लागि पनि भक्तपुर नगरपालिकाले विशेष योजनाहरू अगाडि बढाउँदै आएको बताए।
सोही क्रममा अमेरिकाका पर्यटक तानिया कोस्टाले विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिएका छन्। नगर प्रमुख प्रजापतिले पर्यटकहरूलाई नगरपालिकाका प्रकाशनहरू र मयुरको झ्याल उपहारको रुपमा प्रदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...