काठमाडौं, २९ भदौ । जेन-जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। मुख्य सचिव एकनारायण अर्यालका अनुसार ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको हो। १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी रहेको छ।
आइतबार प्रधानमन्त्री सुशिला कार्कीले प्रदर्शनका क्रममा घाइते हुनेको नि:शुल्क उपचार, मृतकलाई शहिद घोषणा गरेर मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रूपैयाँ दिने निर्णय गरेको छ।