हेरिटेज नेपाल न्यूज

तीन दिनमा २६८ नाल हतियार बरामद

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं,२८ भदौ । मूलुकभरबाट हालसम्म २६८ नाल हतियार बरामद भएको छ। जेनजीको आह्वानमा सोमबार र मंगलबारको प्रदर्शनपछि तीन दिनको अवधिमा २६८ नाल हतियार बरामद भएको हो।
प्रदर्शनपछि मंगलबार राति १० बजेदेखि सेना परिचालन भएको थियो। सुरक्षा निकायका तीनवटै निकाय; नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले शुक्रबारसम्म उक्त परिमाणमा हतियार बरामद गरेको हो। प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले सुरक्षाकर्मीको हतियार पनि खोसेका थिए।

ती हतियार फिर्ता गर्न नेपाली सेनाले आह्वान पनि गरेको छ। फिर्ता नगरे कारबाही गर्ने चेतावनी समेत दिएको छ। त्यस्तै, देशका विभिन्न कारागारबाट फरार भएका कैदीहरूलाई पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिइ पुनः कारागार चलान गरिरहेको छ। फरार कैदी र थुनुवाहरूलाई पनि कारागारमा फर्कन आग्रह गरेको छ।

सुरक्षा निकायले विभिन्न व्यापारिक भवनहरु तोडफोडपश्चात त्यहाँबाट लुटिएका सामानहरू पनि फिर्ता गर्न सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेको छ। नेपाल प्रहरीले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेको तस्बिर र भिडिओ भए उपलब्ध गराउन आग्रह गरिसकेको छ। त्यसरी तस्बिर र भिडिओ पठाउनेको परिचय गोप्य राखिने पनि प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...