हेरिटेज नेपाल न्यूज

उपत्यकामा शुक्रबार पनि निषेधाज्ञा र कर्फ्यु

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २७ भदौ ।  नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा शुक्रबार पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी गराएको छ । सेनाको मुख्यालय जंग्गीअड्डाले जारी गरेको विज्ञप्ति अनुसार, भोलि (भदौ २७) गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ । त्यस्तै, साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ ।

बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
जेनजी युवाहरूले गत सोमबार र मंगलबार गरेको प्रदर्शन उग्र बनेपछि यतिबेला देशभर कर्फ्यू र निषेधाज्ञा लागेको छ । यसैबीच नेपाली सेनाले सुरक्षाको नेतृत्व गरिरहेको हो ।

जेनजीहरूको प्रदर्शनका क्रममा ३४ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ । सेनाले नयाँ सरकारको नेतृत्वका लागि पहल गरिरहेको छ । जेनजी युवाहरू नै नेतृत्वको विषयमा विभाजित हुँदा विषय टुंगिन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध

ब्रुमफिल्डसहित विदेशका तीन  सहरसँगे भगिनी सम्बन्ध ललितपुर, २९ पुस । ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम...

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

ललितपुर, २९ पुस । ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ।...

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...