हेरिटेज नेपाल न्यूज

उपत्यकामा शुक्रबार पनि निषेधाज्ञा र कर्फ्यु

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २७ भदौ ।  नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा शुक्रबार पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी गराएको छ । सेनाको मुख्यालय जंग्गीअड्डाले जारी गरेको विज्ञप्ति अनुसार, भोलि (भदौ २७) गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ । त्यस्तै, साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ ।

बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
जेनजी युवाहरूले गत सोमबार र मंगलबार गरेको प्रदर्शन उग्र बनेपछि यतिबेला देशभर कर्फ्यू र निषेधाज्ञा लागेको छ । यसैबीच नेपाली सेनाले सुरक्षाको नेतृत्व गरिरहेको हो ।

जेनजीहरूको प्रदर्शनका क्रममा ३४ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ । सेनाले नयाँ सरकारको नेतृत्वका लागि पहल गरिरहेको छ । जेनजी युवाहरू नै नेतृत्वको विषयमा विभाजित हुँदा विषय टुंगिन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...