हेरिटेज नेपाल न्यूज

७८ लाखभन्दा बढी क्रिप्टोकरेन्सी कारोबारको आरोपमा पक्राउ

Date:

Share post:

काठमाडौं, १९ साउन । क्रिप्टोकरेन्सीको कारोबारको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । काठमाडौंको कलंकीबाट प्रहरीले २१ वर्षीय सुशान्त दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए। हेटौंडा घरभई भक्तपुरको कौशलटार बस्दै आएका दाहाललाई प्रहरीले शनिबार पक्राउ गरेको हो। कलंकीमा क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचना पाएपछि परिसरको टोली खटिएको थियो। उक्त टोलीले दाहाललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

अनुसन्धानको क्रममा उनले युएसडिटी, बिटिसी, इटिएच र बिएन्डबी जस्ता क्रिप्टोको कारोबार गरेको भेटिएको हो।नेपाली रकम अनुसार ७८ लाख ३० हजार ३८८ रुपैयाँभन्दा बढी रकमको कारोबार गरेको भेटिएको एसपी चन्दले बताए। एउटा मोबाइल र दुई वटा सिमकार्ड पनि प्रहरीले बरामद गरेको छ। पक्राउ परेका दाहालमाथि प्रहरीले अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसुरमा थप अनुसन्धान थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...