हेरिटेज नेपाल न्यूज

अनुमति बिना सञ्चालन भइरहेका स्वास्थ्य संस्थालाई बागमती प्रदेशको चेतावनी

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ३० साउन । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र अनुमति बिना सञ्चालन भइरहेका स्वास्थ्य संस्थाहरूमाथि कार्यवाहीको चेतावनी दिंदै अनुमति लिन ३५ दिनको समय दिएको छ ।

प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन, २०८१ को दफा १३ को उपदफा (१०) बमोजिम, हाल सञ्चालनमा रहेका तर कानूनी अनुमति नलिएका स्वास्थ्य संस्थाले तोकिएको पूर्वाधार र मापदण्ड पूरा गरी अनुमति लिनुपर्ने व्यवस्था छ । यसै आधारमा मिति २०८२ साउन २८ गते मन्त्रालयले सूचना जारी गर्दै अनुमति प्राप्त नगरेका संस्थाले तत्काल सम्बन्धित निकायमा निवेदन दिन आग्रह गरेको हो ।

ऐन प्रारम्भ भएदेखि नै सञ्चालनमा रहेका संस्थालाई एक पटकका लागि मात्र यस्तो अवसर दिइएको मन्त्रालयले जनाएको छ । तोकिएको समयसीमा भित्र अनुमति नलिने संस्थामाथि कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएको छ । स्वस्थ्य मन्त्री किरण थापा मगरका अनुसार तोकिएको समयमा अनुमती नलिनेहरु कार्यबाहीको भागिदार हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...