हेरिटेज नेपाल न्यूज

बागमती प्रदेशका स्वास्थ्यमन्त्री थापामगरद्वारा ख्वप अस्पतालको अनुगमन

Date:

Share post:

भक्तपुर, ३१ असार । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १०० शैय्याको ख्वप अस्पतालको अनुगमन गरेका छन् । मन्त्री थापामगरलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पतालमा स्वागत गरेका छन् । अनुगमनका क्रममा मन्त्री थापामगरले अस्पतालको अवस्था र अस्पतालबाट प्रवाहित उपचार सेवाबारे स्थलगत अनुगमन गरी सेवाग्राहीसँग जानकारी लिएका छन् ।

अनुगमनपश्चात आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापामगरले भक्तपुर नगरपालिका शिक्षा र स्वास्थ्यमा जनतालाई सर्वसुलभ ढंगले सेवा प्रदान गर्दै आएको देशकै नमुना नगरपालिका भएको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल व्यवस्थित रुपमा सञ्चालन भइरहेको बताउँदै उनले भक्तपुर नपाले देशैभरिका बिरामीहरूको सेवा गरिरहेको र ख्वप अस्पतालको विकास र प्रगतिको लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सदा तत्पर रहने बताए ।

मन्त्री थापामगरले भक्तपुरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै मन्त्री थापामगरले बागमती प्रदेशभित्रका अस्पतालहरू स्तरीय बन्दै जानु प्रदेश सरकारको लागि गौरवको विषय भएकाे बताएका हुन्। उनले प्रदेश सरकारअन्तर्गत सञ्चालित अस्पतालहरूको भौतिक पूर्वाधारहरूको विकास गर्ने कार्य भइरहेको चर्चा गर्दै प्रदेश सरकारले सीमित स्रोतसाधनको अधिकत्तम सदुपयोग गरी प्रदेशका नागरिकलाई सस्तो र सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार कटिबद्ध रहेको बताए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले नगरबासीको भावनाअनुसार कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताउँदै ख्वप अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउन निरन्तर लागिरहने र यस कार्यमा सबै सरोकारवालाबाट सहयोग मिल्ने विश्वास व्यक्त गरे । ख्वप अस्पतालले वर्षको ३६५ दिन ११ घण्टा ओपिडी सेवा प्रदान गर्दै आइरहेको अवगत गराउँदै भक्तपुर नगरपालिकाले ख्वप अस्पताल सँगै श्वासप्रश्वास पुनःस्थापना केन्द्र, जनस्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्रहरूमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए । अस्पतालले छिटै सिटी स्क्यान सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताउँदै प्रमुख प्रजापतिले नेपाल सरकारले स्वास्थ्य बीमा उपचारबापतको रकम समयमै भुक्तानी नदिँदा अस्पताल सञ्चालनलगायतका गतिविधिमा समस्या भएको बताएकाछन् ।

शासकहरूको अदूरदर्शिताले जनताले दुःख पाइरहेको बताउँदै उनले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्र महँगो हुँदा गरिब जनता मारमा परिरहेको बताए । भक्तपुर नपाले नगरबासीहरूको लागि निःशुल्क अक्सिजन वितरण गर्दै आइरहेको बताउँदै उनले भक्तपुर नगरपालिकाले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको पनि सो अवसरमा बताए ।

अनुगमनमा प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले बागमती प्रदेशअन्तर्गत स्थानीय तहले सञ्चालन गरेको नमुना अस्पतालको रुपमा रहेको ख्वप अस्पताल अनुगमन गर्न पाउँदा गौरवान्वित महसुस भएको बताइन् । उनले शिक्षा र स्वास्थ्यलाई निःशुल्कसँगै नागरिकको सहज पहुँच र गुणस्तरीय बनाउँदै लानुपर्नेमा जोड दिँदै भक्तपुरले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको काम अन्य स्थानीय तहहरूको लागि अनुकरणीय भएको बताइन् ।
सरकारी सेवा सुविधालाई स्तरीय बनाउने नीतिमा प्रदेश सरकारले जोड दिँदै आएको बताउँदै प्रदेश मातहतका अस्पतालहरूमा विशिष्टिकृत सेवा प्रदान गर्दै लाने बताएकी छन् ।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले ख्वप अस्पतालले स्वास्थ्य क्षेत्रमा धेरै प्रगति गरिसकेको तथ्यांक प्रस्तुत गर्दै अस्पतालको सेवा प्रवाहबारे प्रस्तुतीकरण दिएका छन् । वि.सं. २०३० सालमा जनस्वास्थ्य सेवा केन्द्रको रुपमा स्थापना भएको उक्त संस्था हाल १०० शैय्याको ख्वप अस्पतालको रुपमा सञ्चालनमा रहेको बताउँदै अस्पतालले ३६५ दिन नै ओपीडी सेवा सञ्चालन गर्दै जनतालाई सेवा गर्दै आइरहेको बताए।

मन्त्री थापाले ख्वप अस्पतालका ओपडी सेवाहरू, अक्सिजन प्लान्ट, आकस्मिक कक्ष, नर्सिङ कलेज, छात्ती पुनःस्थापना केन्द्र, अस्पतालको औषधालय, ल्याब, ख्वप तीलगंगा आँखा अस्पताल, ब्रम्हायणीस्थित अन्तरंग सेवामा भर्ना भएका बिरामीको अवस्था, आईसियुलगायतको अवलोकन गरेका छन्।
अनुगमनमा चिकित्सा सेवा महाशाखा प्रमुख डा. खगेश्वर गेलाल, आर्युवेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंका शल्य चिकित्सक डा. रविन भुषाल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्देशक नारायणबहादुर कार्की, भक्तपुर अस्पतालका नि. अस्पताल निर्देशक डा. सुरेन्द्र भट्ट, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका विशेषज्ञ चिकित्सक डा. रन्जित कुमार माकजु, प्रदेश जनस्वास्थ्य प्रयोगशाला डा. श्वेता झा, भक्तपुर अस्पतालका नर्सिङ अधिकृत रोशनी श्रेष्ठ, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका नर्सिङ अधिकृत स्वेता मानन्धरलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

ललितपुरले जडान गर्यो अर्ली वार्निङ प्रणाली

नदीमा पानीको बहाव बढेपछि घण्टीले दिन्छ सूचना ललितपुर, ७ भदौ । ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्व जानकारी दिन...

रुपन्देहीको रोहिणीमा पेट्रोलियम डिपो बन्ने: केयूले बुझायो डीपीआर

काठमाडाैं । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब छ अर्ब रुपैयाँ लागतमा आधुनिक पेट्रोलियम भण्डारण डिपो...

मध्यपुरथिमिले सार्वजनिक गर्यो निलबाराही मन्दिर संरक्षण कार्यान्वयन गरिने योजनाको थ्रीडी नक्सासहितको डिजाइन

भक्तपुर, ४ भदौ । मध्यपुरथिमि नगरपालिकाले प्रसिद्ध धार्मिक, ऐतिहासिक तीर्थस्थल निलबाराही क्षेत्र संरक्षण कार्यान्वयन योजनाको थ्रीडी नक्सासहितको डिजाइन...

स्वास्थ्यमन्त्री थापाले गरे मदन भण्डारी प्रतिष्ठानको अनुगमन

हेटौंडा, ३ भदौ । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अनुगमन गरेका...