हेरिटेज नेपाल न्यूज

लघु उद्यमीहरुको व्यवसाय प्रर्वद्वनका लागि उपयुक्त प्रविधि हस्तान्तरण

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २९ असार । भक्तपुर नगरपालिकाले लघु उद्यमीहरुको व्यवसाय प्रर्वद्वनका लागि प्रविधि हस्तान्तरण गरेको छ ।  उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले अभिभावकत्व ग्रहण गरी नगरबासीहरुलाई आवश्यक सीपमूलक तालिमहरु सञ्चालन गर्दै आत्मनिर्भर बनाउने प्रयास गर्दै आएको बताएका छन् । श्रमको सम्मान र श्रमिकलाई माया गर्ने नीतिअनुरुप नगरपालिकाले सबै पेशा व्यवसायलाई समान ढंगले साथ र सहयोग गर्दै आएको बताउँदै व्यवसायीहरुले आफ्नो कर्ममा ध्यान केन्द्रित भएर लाग्न सके सफलता हात पर्ने उनले बताए ।
विद्यालय शिक्षासँगै युवा, विद्यार्थी र महिलाहरुलाई हातमा सिप दिने उद्देश्यले नगरपालिकाले धेरै सीपमलक तालिम सञ्चालन गरिसकेका बताउँदै उनले सस्तोमा गुणस्तरीय सेवा प्रदान गरी स्वस्थ प्रतिस्पर्धामा उत्रन उद्यमी तथा व्यवसायीहरुलाई प्रेरित गरे । असफलताबाट पाठ सिकेर अगाडि बढनुपर्ने बताउँदै उनले भक्तपर नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने १६ वर्षदेखि ४५ वर्षसम्मका बेरोजगार एवम् आर्थिक रुपले कमजोर तथा विपन्न युवाहरुलाई उद्यमशील बनाउन धितो जमानीमा सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन युवा उद्यमशीलता प्रर्वद्धन ऋण लागू गरिसकेको सोही क्रममा जानकारी गराए।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उद्यमशील बन्ने अठोट नै विकासको पहिलो खुड्किला हो भन्दै श्रमलाई सम्मान गर्ने बानीको विकास गर्नुपर्ने बताइन्। छालाको जुत्ता बनाउन महिलाहरुले देखाएको सक्रिय सहभागिता प्रशंसा गर्न लायक भएको बताउँदै उहाँले भक्तपुर नपाले एक नागरिक एक सीपको अवधारणाले सीपमूलक तालिमहरु सञ्चालनलाई जोड दिँदै आएको बताइन् । कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैया सुवाल, प्रशिक्षार्थीद्वय रामकृष्ण सुवाल र नारायणदेवी दुवालले तालिमबारे आफ्नो अनुभव साटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...