हेरिटेज नेपाल न्यूज

ललितपुर महानगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

Date:

Share post:

ललितपुर, १९ असार । ललितपुर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले महानगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो । जिल्ला खोप समन्वय समितिको अध्यक्षमा जिल्ला समन्वय समितिका अध्यक्ष हुने व्यवस्था छ ।
जिल्ला खोप समन्वय समितिमा सदस्य सचिव एवम् जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.भुवन पौडेलले नगर प्रमुख चिरीबाबु महर्जनलाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरे । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको उनले बताए ।

कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिए । खोप रोग लाग्न नदिने औषधि भएको बताउँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्न प्रतिरोधात्मक क्षमता बढाउने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए । स्वास्थ्यकर्मीको निरन्तरको मिहेनतले पलिकालाई  पूर्ण खोप बनाउन सकिएको बताए । आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने नगरप्रमुखको भनाई थियो ।

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले बताइन् । राष्ट्रिय खोप तालिका अनुसार नगरका २९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो । नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको नक्कली छानबिन आयोग अस्वीकार्य: ओली

भक्तपुर, २३ असोज । नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा बनाएकोे...

यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने

भक्तपुर , २३ असोज । भक्तपुर नगरपालिकामा आयोजित बैठकले यस वर्षको तिहार (स्वन्ती) पर्वको मिति तय गरेको छ।...

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...