हेरिटेज नेपाल न्यूज

धादिङ अस्पतालमा थपिए दुई हेमाे डायलासिस मेसिन

Date:

Share post:

काठमाडौं, १६ असार । हेमाे डायलासिस मेसिन बिग्रिएर प्रभावित भएकाे धादिङ अस्पतालकाे  हेमाे डायलासिस सेवा विस्तार हुने भएकाे छ । धादिङ अस्पतालमा दुईवटा नयाँ हेमाे डायलासिस मेसिन थपिएका छन्।

बागमतबी प्रदेश सरकार. स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्राप्त नयाँ मेसिनहरूसँगै अस्पतालले साेमबारबाट  सेवा विस्तार भएको छ । धादिङ अस्पतालले २०७९ साउन २६ गतेदेखि मृगौला उपचारका लागि हेमाे डायलासिस सेवा सुरु गरेको थियो। हालसम्म २२ जना बिरामीले नियमित सेवा लिइरहेका छन् भने २६ जना बिरामी सेवा पर्खिरहेका छन्। तीमध्ये अधिकांश अन्य अस्पतालमा हेमाे डायलासिस सेवा लिन बाध्य छन्।

धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक मेसु  डा. गगन अधिकारीका अनुसार ५ वटा मेसिनमध्ये २ वटा बिग्रिएका कारण अस्पतालमा तीनवटा मेसिनमार्फत मात्र सेवा दिइरहेको थियो।  बागमति प्रदेश सरकार. स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट नयाँ मेसिन प्राप्त भएपछि प्रतीक्षा सुचिमा रहेका १० जनाले सेवा पाउने छन् । नयाँ मेसिन सञ्चालनमा आएसँगै अब डायलाइसिस सेवाबाट वञ्चित बिरामीलाई सहज पहुँच हुने आशा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको नक्कली छानबिन आयोग अस्वीकार्य: ओली

भक्तपुर, २३ असोज । नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा बनाएकोे...

यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने

भक्तपुर , २३ असोज । भक्तपुर नगरपालिकामा आयोजित बैठकले यस वर्षको तिहार (स्वन्ती) पर्वको मिति तय गरेको छ।...

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...