हेरिटेज नेपाल न्यूज

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Date:

Share post:

काठमाडौं,१७ जेठ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाएको छ ।
निगमका अनुसार, भारतीय आयल कर्पोरेसन (आईओसी) बाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ०९ पैसाले बढेर आएको छ ।

नयाँ मूल्यअनुसार अब काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ । यसैगरी, निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँले घटेर नयाँ बिक्री मूल्य ११८ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...

आज महानवमी पर्व मनाउँदै

काठमाडौं, १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष...

नवकुमारी आर्यतारा शाक्य

काठमाडौं, १४ असोज । नवकुमारी आर्यतारा शाक्यलाई कुमारीघर प्रवेश गराइएको छ। कुमारीघर प्रवेश गराई उनलाई शुभसाइतमा विधिवत् रूपमा...